काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला र व्यवहारबीच तालमेल नमिलेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सर्वोच्चका आदेशसँग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समिक्षा गर्नु जरुरी रहेको बताउनुभयो ।
सरकारले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनमा जान गरेको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएपछि सरकार असन्तुष्ट बनेको हो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा बताउनुभयो ।
उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रित हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुका केही बैठकहरु जसरी अघि बढे तीनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवन संग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन ।’
उहाँले आफू सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ति नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौँ ।’
उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो ।
उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाण्डौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुर्याउने, नागढुंगा सुरुङ मार्गको निर्माण ...