नेपाल प्रेस युनियनको महाधिवेशन अन्तर्गत आज मतदान

मकवानपुर - नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज मतदान हुँदैछ । हेटौँडामा हिजोदेखि सुरु भएको महाधिवेशनमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । देशभरका ७७ जिल्लाबाट १ हजार ६ सय ५० जना प्रतिनिधिले मतदानमा भाग लिनेछन् । झन्डै ८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाअधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । हिजो दुई वटा प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता ब...