सुविधामा नभुली नागरिकको काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको छ । काठमाण्डाैकाे कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता र विषय विज्ञहरूले प्रशिक्षण दिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माण लगायत विषय समेटिने उहाँले बताउनुभयो । भोलि बिहीवारसम्म चल्ने प्रशिक्षणमा...