युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ।उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।