रामपुरमा परम्परागत संस्कृति जोगाउने अभियान : बाजा बजाएर सरसफाइ गर्दै दशैँको स्वागत

रामपुर : गाउँमा बाजा बज्न थालेपछि दशैँ लाग्यो भन्ने आभाष हुन्थ्यो। यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ। यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन। बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दशैँ शुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो। बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा…