चितवन २ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?

चितवन क्षेत्र नम्बर २ मा ३७ हजार २२१  मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ८६८८ मतको अग्रता बनाएका छन् । उनले १७ हजार ५२९ मत प्राप्त हुँदा एमालेका कृष्णभक्त पोखरेलले ८८४१ र कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत पाएका छन् ।