काठमाडौँ – पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १९ हजार १२३ परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोभिड संक्रमण भएको हो ।
मंगलबार ३५ जना संक्रमितको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।