प्रधानमन्त्री रोजगार कायक्रम पाँच करोड अनियमितता

प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण र सडक मर्मतको नाममा उपभोक्ता समिति गठन गरेर रकम निकास गरेको पाइएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार श्रमिक छनोट नगरी सिधै उपभोक्ताको खातामा पाँच करोड ८४ लाख ७६ हजार रुपियाँ निकासा गरिएको तथ्य खुलाउँदै यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीलाई कारबाहीको सिफारिस गरेको छ । सो प्रतिवेदनमा भनिएको छ, “सुर्नया गाउँपालिकाको २२ हजार ४५२ मध्ये २३ प्रतिशत जनसङ्ख्या बेरोजगार हुन् भन्दै श्रमिकलाई रकम नदिएर १०२ वटा योजनाको नाममा उपभोक्ता समिति गठन गरी रकम निकासा गरिएको पाइयो ।”

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण

सरकारले बेरोजगारहरुलाई लक्षित गरी सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जिल्लाका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहको रोजगार शाखाले जनाएको छ।...

'प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार'

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी बिपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका हुन् । स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोही अनुसार कार्यक्रम कार्यान्

प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धिमा शंका

विगत चार वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन गर्ने वाचा सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको छ । वास्तवमा सुरुवातदेखि नै विवादित प्रधानमन्त्री रोजगार कार्यक्रमले सिर्जना गरेको रोजगारीका बारेमा विभिन्न मत रहेको पाइन्छ । सरकारको तथ्यांकअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको विगत चार वर्षमा लगभग ६ लाखले रोजगारी पाएको दाबी छ । आर्थिक वर्ष २०७५÷०७६ […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन

आन्तरिक रोजगारीका लागि सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत पुनर्संरचना गर्ने भएको छ । पछिल्ला तीन वर्षदेखि सञ्चालनमा रहेको कार्यक्रमको प्रभावकारिता बढाउन सरकारले यसको संरचनागत स्वरुप परिवर्तन गर्ने भएको हो ।कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले आगामी आवबाट प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना […]

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने बताइन्। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नीजि क्षेत्रलाई सहयोग गर्ने समेत बताइन्।

अझै सुरू भएन प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म १९३ जनाले मात्र रोजगार प्राप्त गरेका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकअनुसार हालसम्म १९३ जनालेमात्र रोजगारी पाएका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकाले मात्र बेरोजगारलाई रोजगारी दिएको छ । अन्य ७ स्थानीय तहले […]

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गर्ने सरकारको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन् । विगतमा सरकारले यस कार्यक्रमार्फत गरेको खर्चले दीर्घकालीन रोजगारी सिर्जना नभएको मात्र नभइ धेरै बजेट दुरुपयोग भएको […]

सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमतिता भएको खुलेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा एक दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सन्चालन हुने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको अपारदर्शी खर्च

स्थानीय तहले प्रगति प्रतिवेदन नपठाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम फेरि एकपटक विवादमा परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवातदेखि नै विवादमा प¥यो । पहिलो वर्ष घाँस काटेर नै रकम दुरुपयोग भएको खबर आउँदा पनि दोस्रो वर्ष फेरि केही संशोधनसहित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडि बढाइयो । तर, स्थानीय निकायमा गएको पैसा रोजगारी सिर्जना गर्न उपयोग हुनेभन्दा आफ्ना […]