मोरङ–४ : एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, कांग्रेसकै डर

मोरङ – गएको वैशाखमा भएको पालिका चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २० हजार बढी मत ल्याएको मोरङ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छैनन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको ४ बाट कांग्रेसका ‘हेभीवेट’ नेताहरु सिफारिसमा परेका थिए । महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदार प्रतिनिधि सभा सदस्यतर्फ सिफारिस भए पनि अर्याल, पराजुली र घिमिरे प्रदेश सभा सदस्यमा राजी भए । अर्याल मोरङ ५ (ख), पराजुली ४ (ख) र घिमिरे ४ (क) बाट उम्मेदवार बन्नुभएको छ । सिफारिस भए पनि आचार्...