बीबीसी। जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारी(सीईओ) पद जुलाई ५ मा छाड्ने भएका छन्। किताब बेच्ने अनलाइन पसलका रुपमा अमेजन सुरु गरेका बेजोसले उनीपछि एन्डी जेसी उक्त पदमा रहने जानकारी दिए। कम्पनीका सेयरहोल्डर्सहरुको बैठकमा उनले उक्त तारिख आफ्ना निम्ति विशेष भएकाले सोही दिन पद त्याग्न चाहेको खुलाए। २७ वर्षअघि १९९४ मा सोही तारिखमा अमेजन खुलेको थियो।