काठमाडौं : राष्ट्रिय टीमबाट खेल्ने लक्ष्य हरेक खेलाडीसँग हुन्छ। अझ फूटबल र क्रिकेटजस्तो बढी प्रतिस्पर्धा हुने खेलमा खेलाडी छनोट र छानिएर राष्ट्रिय टीममा पुर्याउने योगदान कति होला?सीमित बाहेक खेलाडीहरूले विरलै राष्ट्रिय टीमबाट लामो समय खेल्ने मौका पाउँछन्। यस्तै दुर्लभ अवसर पाउनेमध्ये पर्छन् नेपाली टीमका पूर्वकप्तान पारस खड्का। नेपाली खेलकुदमा अपवाद नै हुन् खड्का। विशेष गरेर उनको कप्तानी भूमिकाको खुलेर प्रशंशा हुने गरेको थियो। मैदान भित्रको कौशलतासँगै स्पष्ट बोल्ने