देशभर निको भए १ हजार ४ सय ३२ जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९७ हजार २५७ जनामा कोरोना पुष्टि भएको छ।

सम्बन्धित सामग्री

१५ जना कोरोना संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त

वैशाख ८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ८३ पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९८ पुगेको छ । यसैगरी, बिहीवार ३२ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोनाका कारण संसारका २१ देशमा ३३५ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनका अनुसार अहिले सम्म २१ वटा देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको छ । एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । जसमध्ये ५८ हजार ४ सय ३२ जना निको भईसकेका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।