सुप्रियासँग विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन थापा

काठमाडौं : निर्देशक सुदर्शन थापा विवाह बन्धनमा बाँधिएका छन्। थापाले समाचार प्रस्तोता सुप्रिया कटुवालसँग प्रेम विवाह गरेका हुन्। आज शुक्रवार काठमाडौंको एक होटलमा उनीहरुको वैवाहिक समारोह चलिरहेको छ। भदौ २१ गते सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए। म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया एपीवान टेलिभिजनकी समाचारवाचिका हुन्।…