गल्तीहरुले केही पाठ सिकाएर जान्छ । मेलबर्न शहर (अष्ट्रेलिया)को प्रारम्भिक चरणमा निर्माण पनि त्यस्तै गल्ती थियो, जो आज आर्किटेक डिजाइनको दुनियाँमा एउटा पाठ हुनसक्छ । चाहे घर बनाइरहनुभएको छ, व्यवसायिक भवन बनाइरहनुभएको छ वा त शहर नै । आदिवासीको ज्ञान, सीप, शिल्प कति महत्वपूर्ण हुन्छ भन्ने एउटा दृष्टान्त पेश गर्छ यसले । अग्रेजहरु सुन खानी […]
सिलिकन भ्याली बैंक (एसभीबी) लाई प्रणालीगत रूपमा महत्वपूर्ण नसोचिए पनि यसको टाट पल्टेको अवस्थाले अमेरिकी फेडरल रिजर्भ व्यवस्थित संक्रमणतर्फ गएको र एफडीआईसीको आंशिक निक्षेप बिमाको अपर्याप्तता देखिएको छ । २००८ को संकटपछि वित्तीय स्थायित्व संरचना अंगीकार गरिएको थियो र अर्को स्पष्ट सुधारको आवश्यकता देखिएको छ । सिलिकन भ्याली बैंक टाट पल्टेको सार्वजनिक भएपछि यसले हालको […]
काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्ना प्रडक्टहरुको निर्माणका लागि चीनमाथिको निर्भरता घटाउने प्रयास गर्दै आएको छ । कोरोना महामारीले पनि एप्पललाई आफ्नो उत्पादन विभिन्न देशमा विविधिकरण गर्नु किन महत्वपूर्ण छ भन्ने पाठ सिकाएको छ । साथै चीनमा अवस्थित विश्वकै सबैभन्दा ठूलो आइफोन एसेम्बल गर्ने कारखानामा पछिल्लो समय कोरोना महामारीका कारण भएको अवरोधले एप्पल कम्पनीले हरेक […]
राजनीतिक दलको विकास र समृद्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने तथ्यलाई विवेकशील साझा पार्टीको वर्तमान अवस्थाले पुनर्पुष्टि गरेको छ । भ्रष्टाचार, अनियमितता र पारदर्शिताको अभावजस्ता विकृतिले आक्रान्त र शिथिल बनेका नागरिकहरुका बीच जब विवेकशील साझा पार्टी उदायो, तब सर्वत्र आशको किरण फैलियो । अपारदर्शी व्यवहारका कारण पुराना राजनीतिक दलहरुलाई पाठ सिकाउनका लागि पनि जनताले विवेकशील युवाहरुलाई […]
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको हो ।‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका लागि मैलेसमेत पटक पटक खोजी गरें । तर, पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेशसम्म फेला पार्न सकिनँ,’ सूचना
काठमाडौं : जीवनमा अगाडि बढ्न र सफल हुन धेरै मिहिनेत र समर्पण चाहिन्छ। कडा परिश्रमबिना सफलता प्राप्त गर्ने व्यक्ति शायदै होलान्। सफलता पाएपछि त्यसमा अडिइरहन पनि उत्तिकै कडा मिहिनेत अपरिहार्य हुन्छ।भारतका १९ वर्षीय प्रदीप मेहराले आफ्नो रोचक कथाले करोडौंको मन जितेका छन्। भारतीय फिल्म निर्माता विनोद काप्रीले केही दिनअघि उनको भिडियो आफ्नो ट्विटरमा पोस्ट गरेका थिए।सैनिक बन्ने सपना देखेर मेहनत गरिरहेका मेहरा काम सकिएपछि अफिसबाट मध्यरातमा डेरा फर्कन दैनिक १० किलोमिटर दौडिने गर्छन्। मेहराको घर
पितृपक्षअन्तर्गत सोह्रश्राद्धको समाप्तिसंगै सुरु हुने दशैंको शास्त्रीय चिन्तन, कर्मकाण्ड र जीवनशैलीमा ठूलो प्रभाव छ । दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि अनेक छन् । यसमा मानव शरीरका अंगहरुको रक्षा गर्न दुर्गाकवचको पाठ पनि महत्वपूर्ण छ । शास्त्रमाा हाम्रो शरीरको हरेक अंगलाई कुनै न कुनै देवीको प्रतीकका रुपमा हेरिएको छ र ती अंग तिनै देवीले रक्षा …
गएको सदनमा मेलम्ची र मनाङका बारेमा माननीयज्यूहरुले विषय उठाउनुभएको छ । वास्तवमा मनाङ र मेलम्चीमा हामीले ठूलो विपद झेल्नुपर्यो । यसबाट हामी मर्माहित भएका छौँ । त्यहाँका प्रभावित समुदायलाई राहत र व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले उचित पहल गर्दैछ भनेर हामी आशा गरौँ ।यस वर्षको मनसुन यथावत भएको हुनाले यसबाट हामीले सिक्नुपर्ने पाठ धेरै महत्वपूर्ण छ र म पनि यहीँबाट विषय प्रवेश गर्न चाहन्छु । नेपालको भू–बनोट र यसमा भएका अध्ययनबाट हामी के सिक्न सक्छौं भने सामान्यतया मनसुन बंगालको खा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लिने महत्वपूर्ण निर्णयमा सत्तारुढ गठबन्धनभित्र छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिमा सरकार चुकेको भन्दै बुधबार सत्तागठबन्धनको बैठकमा आलोचना भएपछि प्रधानमन्त्री देउवाले अबका निर्णयमा ‘छलफल...
नेपालमा मनाइने महत्वपूर्ण चाडपर्वहरूमध्ये एक हो— महाशिवरात्रि । नेपालमा यस वर्ष महाशिवरात्रि फागुन २७ गते बिहीबार परेको छ । त्यस दिन हाम्रो देशमा सार्वजनिक बिदा दिने गरिन्छ । उक्त दिनमा शिव शक्तिको महिमाका बारेमा कथनहरू सुन्ने, भजनकीर्तनहरू गर्ने गरिन्छ । मन्दिरहरूमा ‘महामृत्युञ्जय’को पाठ र ‘ओम नमः शिवाय’को जप गरेर प्रार्थना गर्ने पनि गरिन्छ । उक्त […]