ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि मजबुत बन्छ । यसले खाना पनि सजिल्यै पचाउन मद्दत गर्छ । ज्वानोको सेवनले शरीरमा सही तरिकाले पोषक तत्व शरीरले लिन्छ । यसका लागि अतिरिक्त क्यालोरी पनि खर्च हुन्छ । यसै कारण शरीरको तौल कम हुन थाल्छ । ज्वानोको सेवन बिहान खाली पेटमा गर्न सकिन्छ