नयाँ दलहरूमा पनि ‘आन्तरिक लोकतन्त्र’कै अभाव !

काठमाडौं : आफूलाई लोकतन्त्रवादी भन्ने पुराना दलहरूको आलोचना हुने प्रमुख कारणमध्येको एक हो– पार्टीभित्रै लोकतन्त्र संकटमा पर्नु। लोकतान्त्रिक व्यवस्था, संविधान र समावेशीताका लागि लामो समय जेलनेलसहितको संघर्ष गरेको दाबी गर्ने दलहरूले आन्तरिक लोकतन्त्रलाई भने ‘पोलि खाएको’ टिप्पणी हुने गरेको छ। पार्टीको विचार, सिद्धान्त, नीति, विधान तथा निर्णयसमेतलाई बेवास्ता गर्दै नेतृत्वले आफूअनुकूलका व्यक्तिलाई पदीय जिम्मेवारी सुम्पने प्रचलन नेपालका पुराना भनिएका दलहरूमा व्याप्त छ।जसका