काठमाण्डाै – सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो ।
इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । गाडी भाडाको आधार लिइएका मूल्य भन्दा अहिले इन्धनको भाउ १० दशमलव ८६ प्रतिशत बढी भएकाले भाडा बढाइएको विभागले जनाएको छ ।
विभागले दुई वा त्योभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुन...