आफ्नो क्षेत्रमा मात्रै ओलीले खर हटाएर टिनको छानो लगाए : सांसद चौधरी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको प्रयोग गरेर आफ्नो क्षेत्रमा मात्र सीमित गरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भए पनि ती सबै कार्यक्रम झापा जिल्लाको एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए। उनले जहिल्यै पनि ठूला कुरा गरेर मात्रै द...