बुटवल-नारायणगढ सडकखण्डको काम ४ वर्षमा १९ प्रतिशत मात्रै

सडक निर्माण सम्पन्न गर्न २१ दिन समय बाँकी रहँदा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको बुटवल-नारायणगढ सडकखण्ड निर्माणको म्याद एक वर्ष थपिँदै छ । यही साउन २२ गते निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई सडक हस्तान्तरण गर्न पर्नेमा आइतबारसम्म बुटवल-नारायणगढ सडकखण्डको काम १९ प्रतिशत मात्र सकिएको छ ।