झापा कांग्रेसमा नेता सिटौला निकटको वर्चश्व

झापा : नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत झापाका स्थानीय तहमा निर्वाचित पदाधिकारीमा नेता कृष्णप्रसाद सिटौला निकट समूह निकटको वर्चश्व रहेको छ। १५ वटा स्थानीय तहमध्ये १४ मा सिटौलानिकट समूहका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगरमा मात्र शर्मा समूहका उम्मेदवारले जितेका छन्। त्यहाँ सिटौला प्यानलका उम्मेदवार कोही थिएन।शनिवार र आइतबार भएको अधिवेशनमा कचनकवल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चय