ग्रामीण भेगका सडक निर्माण तीव्र

आर्थिक वर्ष सकिने क्रम नजिकिएसँगै स्थानीय तहहरूले विकास निर्माणका कामलाई तीव्रता दिन थालेका छन् । वर्षा लागेपछि आवागमनमा कठिनाइ हुने र नदीजन्य पदार्थको समेत अभाव हुने भएकाले ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणले गति लिएको हो । बर्दिबास नगरपालिकामा नयाँ सडकको ट्र्याक खोल्ने, ग्राभेल र कालोपत्रे गर्ने काम अहिले द्रुत गतिमा अघि बढेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्रीले समपूरक कोष अन्र्तगत सङ्घ र प्रदेशको बजेटबाट निर्माणाधीन यी सडक असार मसान्तअगावै सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको बताउनुभयो । कामको गुणस्तरलाई लिएर कतिपयले आशङ्का गरे पनि यसप्रति नगरपालिका सचेत र सतर्क रहेको बताउँदै उहाँले भन्नुभयो, “त्यसमा दायाँबायाँ गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’’

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

पर्वत, १ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा […]

धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र

काठमाडौँ, २४ फागुन । धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ । विसं २०७७ असारमा […]

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।...

कञ्चनपुरका दुई पालिकामा धमाधम आधुनिक सडक निर्माण हुँदै

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिका गरी चारवटा पालिकाका मुख्य सहरमा आधुनिक सडक निर्माणका लागि छनोट भएका थिए ।सोही अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सडक स्तरोन्नति, ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सदरमुक

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

काठमाडौँ,३० जेठ । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो […]

गरुडा–कटहरिया–कलैया सडक निर्माण तीव्र

रौतहट । छिमेकी जिल्लासँग जोड्नेगरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण तीव्र पारिएको छ । बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्देश्यले गरुडा–कटहरिया–कलैया सडक निर्माण भइरहेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत करीब २० करोड रुपैयाँ लागतमा उक्त सकडको निर्माण अघि बढाइएको छ । आश्रय निर्माण सेवा प्रालिले सडक निर्माणको ठेक्का पाएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ६ किलोमिटर कालोपत्रका लागि आह्वान गरेको टेण्डर सकार गरी काम थालिएको निर्माण कम्पनीका निर्देशक सन्तोष साहले बताए । उनका अनुसार कटहरियाबाट लालबकैया पुलको बाँध नजिक सडक निर्माण थालिएको छ । अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने सडकको चौडाइ ७ मिटर रहने उनको भनाइ छ । सडक निर्माणका लागि ११ ओटा कल्भर्ट र १ स्थानमा ४६ फिट आरसीसी कल्भर्ट निर्माण हुने योजना रहेको निर्माण कम्पनीका निर्देशक साहले बताए । सोमध्ये ५ ओटा कल्भर्ट निर्माण पूरा भइसकेको छ । यस आर्थिक वर्षमा सडक निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए । सडक निर्माण भएपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने र कृषि उपजलाई बजारीकरणमा सहज हुने स्थानीय जनप्रतिनिधि चन्दन कुशवाहले बताए । यहाँ उत्पादित तरकारी, फलफूल तथा अन्नबाली कलैया बजारसम्म पु¥याउन सहज हुने र ढुवानी खर्च पनि कम लाग्ने उनको भनाइ छ । धुलाम्मे सडकमा यात्रा गर्दै आएका स्थानीयवासीले कालोपत्र हुने भएपछि खुशी व्यक्त गरेका छन् । पहिलो चरणमा माटो पुर्ने र त्यसलगत्तै ग्राभेल राखेर ५ सेन्टिमिटर कालोपत्र गरिने निर्माण कम्पनीका संस्थापक रामाश्रय साहले बताए । मुन्ना निर्माण सेवा प्रालीले झांझपुलदेखि दुधियाभारसम्म २ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । यस्तै सर्लाहीको विभिन्न स्थानलाई जोड्नेगरी सडक तथा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बताएको छ ।

मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेश...