काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापछि ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउनेछन् । ग्राहकले उक्त सेवामा छुट उपयोग गर्न बैंकको मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्कीबाट सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । बैंकले हाल ९४ शाखा, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।