नेपालमा वस्तु उत्पादन बढाउनुको साथै नेपाली वस्तुप्रतिको विश्वास अभिवृद्धि गर्नु नै 'हाम्रो सामान, हाम्रै स्वाभिमान' अभियानको मुख्य अभिप्राय भएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् । सीएनआईसँगको सहकार्यमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मेक इन नेपाल स्वदेशी समिट २०२२' उनले सो कुरा बताएका हुन् ।