नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै जारी आन्दोलनलाई थप कडा बनाएर लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर लैजाने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
बारले प्रधानन्यायाधीशलाई राजीनामा दिनका लागि शुक्रबारसम्मको अल्टिमेटम दिएको थियो । तर यो अवधिमा प्रधानन्यायाधीशले राजीनामा दिएका छैनन् । बरु अदालत परिसरमा नेपाल बारको आन्दोलनमा धरपकड बढ्न थालेको छ भने बाहिरी मान्छेको समेत अस्वाभाविक घुसपैठ देखिन थालेको बताइएको छ। बिहीबा...