गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

‘गण्डकी प्रदेश सरकार भ्रष्टाचारमा डुब्यो’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो: पूर्वमुख्यमन्त्री गुरुङ

काठमाडौं। प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवगठित गण्डकी प्रदेश सरकारलाई भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताएका हुन्। सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्तामा बाँडेको एमालेको आरोप छ।