संगीतकार संघको निर्णय : रोयल्टी नतिरी गीत प्रसारण नगर्नु

शुक्रबार बसेको संगीतकार संघको वैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनलाई गीत नबजाउन आग्रह गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चेतन सापकोटाले बैठकको निर्णयबारे जानकारी दिँदै रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनलाई गीत नबजाउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो । कसैले यत्तिकै बजाएमा कानूनी अधिकारको प्रयोग गरिने र कारवाही हुने उहाँको भनाइ छ । […]