एमालेलाई शाख जोगाउने पिरलो, माओवादी सभामुखको प्रभावमा टिक्दै, कांग्रेस एक्लै भिड्ने मनस्थितिमा

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरुका गतिविधि गाउँ गाउँमा केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेसले ‘घर–घर जाऔ कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ । एमालेले ‘म जिताउँछु मेरो वडा’ अभियान सुरु गरेको छ । नेकपा माओवादी र नेकपा (एकीकृत सामाजवादी)ले पनि स्थानीय निर्वाचन लक्षित अभियान गाउँपालिका र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सुरु गरेका छन् ।