भानु नगरपालिका–१ नयाँवस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए ।
यस्तै सुकु गुरुङ पनि गीत सुनेर भावुक बन्नुभयो । गन्धर्व समुदायको पूख्र्यौली पेशा गायन हो तर युवापुस्तामा यसप्रति रुचि घट्दै गएको पाईएको छ । युवालाई यस पेशामा आर्कषण नहुँदा पेशा नै लोपो हुने अबस्था आएको छ ।