डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो ।गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफको ६६ औँ मिनेटमा ड्यानी परेहोले गोल गर्दै खेल बराबरी गरे । यो वर्षदेखि अवे गोलको नियम हटाइएको कारण अबको तीन हप्तामा टुरिनमा दुई टोली बराबरीको