विश्वविद्यालयका स्थगित परीक्षा र पठनपाठन वैकल्पिक माध्यमबाट हुने

बैतडी : कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट  सञ्चालन हुने भएका छन्।  सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयअनुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन्। स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेष्टरका परीक्षाहरु साउन ५ गतेबाट सञ्चालन हुने  सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन  महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिए। बैठकपछि विश्वविद्यालय