काठमाडौं : २८ करोड राजस्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभार २५ हजार धरौटी बुझाएर आइतबार रिहा भए। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभार आइतबार रिहा भएका हुन्। सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजारमा झारेकाे थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभारलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्। सर्लाहीका सरोजकुमार मिश्राले उनको नागरिकता