काठमाडौं : सार्वजनिक पद धारण गरेकाहरूले शपथ विपरीत कार्य गर्ने गरेकाले कानूनमार्फत कारबाहीको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले विदेशीको आशीर्वादमा प्रधानमन्त्री बनेकाहरूले उनीहरूलाई नै साक्षी राखेर शपथ लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे।‘भारतको आशीर्वाद पाएर प्रधानमन्त्री भएको थियो, भारत