गुणस्तरहीन खाद्य सामग्री नष्ट

म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो ।

सम्बन्धित सामग्री

म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

गोरखाको धार्चे गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भएका पसलहरूमा म्याद गुज्रिएको खाद्य सामग्री नष्ट गरिएको छ ।

खोटाङ बजारमा ५८ हजारको म्याद नाघेको खाद्य सामग्री जफत

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा भारी मात्रामा म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सोमबार गरिएको बजार अनुगमनका क्रममा ५८ हजार ४२८ रुपैयाँ मूल्या पर्ने म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटेहाङ गाउँपालिका र उद्योग वाणिज्य संघ […] The post खोटाङ बजारमा ५८ हजारको म्याद नाघेको खाद्य सामग्री जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा म्याद नाघेका खाद्य सामग्री नष्ट

भक्तपुरमा मंगलबार बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिदिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरी म्याद नाघेका वस्तुहरु जफत गरी नष्ट गरिदिएको जनाइएको छ...

म्याद नाघेका खाद्य पदार्थ नष्ट

काठमाडौँ । काठमाडौँको कोलोपुलमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएका खाद्य निरीक्षक र प्रहरीको संयुक्त टोलीले कालोपुलस्थित मेडिलिज ट्रेडर्स एण्ड स्टोर्सबाट ठुलो परिमाणका खाद्य सामग्री नष्ट गरेको हो ।  विभागका अनुसार म्याद नाघेका बिस्कुट, चाउचाउ, चामल, दाल, पीठोलगायत ४५ वटा बस्तुहरू जफत गरी स्थानीय पदाधिकारी, […]

हलेसीमा म्याद नाघेका खाद्य सामग्री नष्ट

खोटाङको हलेसी बजारबाट २९ हजारभन्दा बढीको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।

हुम्लामा अखाद्य वस्तुको बिगबिगी, एक लाख बराबरको खाद्य सामग्री नष्ट

विकट पहाडी जिल्ला हुम्लामा अखाद्य वस्तुहरूको बिक्री वितरण हुने गरेको पाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका रु एक लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिए ।

एक लाखको खाद्य सामग्री नष्ट

काठमाडौं। हुम्लामा एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको नेतृत्वमा सदरमुकाम सिमकोटबाट म्याद नाघेका उक्त मूल्यको खाद्यान्न नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको थियो।

म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

तम्घास, ८ जेठ: जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो । जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो । व्यापारीले म्याद नाघेका सामग्री […]

आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री  नष्ट

गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए। विद्युत्को तार सर्ट भई एक्कासि आगलागी भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । आगलागी प्रहरी र स्थानीयवासीका सहयोगमा नियन्त्रण...

आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री जलेर नष्ट

कैलाली । गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका […]