देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साह कानु र उपमेयर परनिया देवी पटेलले नगरवासीलाई मासिक २० युनिट विद्युत निःशुल्क गर्ने निर्णय गरेका छन् । पद बहालीलगत्तै उनीहरुले नगरवासीका लागि मासिक २० युनिटसम्म विद्युत महसुल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन् । नगरवासीको स्वास्थ्य उपचारमा विशेष सेवा पु¥याउने उद्देश्यले नगरपालिकाको लगानीमा अल्ट्रासाउन्ड मेसिन खरिद गरी स्वास्थ केन्द्रमा जडान गर्ने निर्णय पनि उनीहरुले गरेका छन् ।जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरे