संघीय सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्णालीका कोदो–फापर प्रशोधनदेखि हिमाली सहर निर्माण गर्ने सम्म योजना समेटिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन् । जसमा कर्णालीमा उत्पादन हुने कोदो, फापर, गहुँ र जौँको प्रशोधन गरिने भएको हो ।