ईपीएल क्रिकेटको उपाधि चितवनलाई

काठमाण्डाै – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो ।कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ...