काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ ।
यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ ।
हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।