उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगञ्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएको हुँदा यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभएको छ । नारायणी अस्पतालमा निर्माण गरिएको ‘पोस्ट नेटल केयर वार्ड’को आइतबार पर्सामा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिनुभयो । मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था …