मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।दुर्घटना दिउँसो २ : ५५ बजे भएको थियो। पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।उद्धार कार्य अझै जारी छ।