संसदले बनाउनुपर्ने कानून १८० वटा : ६ महिनामा एउटा पारित, २१ वटा विचाराधीन

काठमाडौं: संघीय संसद्‌को चालू अधिवेशन एउटा मात्र विधेयक पारित गरेर सकिने सम्भावना देखिएको छ। गत वैशाखबाट सुरु भएको संघीय संसद्‌को चालू दोस्रो अधिवेशन एउटा मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको हो। प्रतिनिधिसभाको अर्को बैठक कात्तिक १२ गते बस्नेछ भने राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संघीय संसद्‌को दुवै सदनको चालू अधिवेशन दशैँअघि नै अन्त्य हुने अपेक्षा गरिएको थियो तर दशैँलगत्तै यूएन(संयुक्त राष्ट्रसंघ) का महासचिव आउ