झापा : झापा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।त्यसमा पाँच पुरुष र दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए। उनका अनुसार दमक नगरपालिकाका दुई, मेचीनगर नगरपालिकाका दुई, कनकाई नगरपालिकाका एक, बिर्तामोड नगरपालिकाका एक र भद्रपुर नगरपालिकाका एक जनाको मृत्यु भएको छ। दमक वडा नम्बर १ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। दमकको कोभिड हस्पिटलबाट बिएण्डसी हस्पिटल बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु हो। उनलाई वैशाख १८