दक्षिणमा अढाई किलोमिटरको दूरीमा २१६ र उत्तरमा पाँच वटा राखिने

नेपालको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (सीमा सुरक्षा पोष्ट–बीओपी) को सङ्ख्या तत्काल २२१ पुर्याइने भएको छ । गृह मन्त्रालयका अनुसार, दक्षिणतर्फको नाकामा कम्तिमा २ दशमलव ५ किलो मिटरको दूरीमा २१६ र उत्तरमा पाँच गरी २२१ पु-याउने तयारी गरिएको हो । सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको २२२ वटा बीओपीमध्ये बन्दाबन्दीको अवधिमा २२ वटा नयाँ थपिएका छन् । हाल, १३३ सञ्चालित र ८९ वटा नयाँ स्थापनाको अन्तिम चरणमा छन् । यसका लागि करिब १० हजार जनशक्तिको माग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बीओपी स्थापनाले सीमा सुरक्षाका अतिरिक्त अवैध चोरी, तस्करीलगायत अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ ।