मुलुकको उन्नति र जनताको सुख, समृद्धिका लागि व्यवस्था बदलिएर मात्रै हुँदैन, अघिल्लो व्यवस्थाका शासकहरुलाई गाली गरेर मात्रै पनि उन्नति हुँदैन । अरुलाई गाली गरेर, आलोचना गरेर आफ्नो दूनो सोझ्याउनेहरु फटाहा हुन् । नेपालमा व्यवस्था बदलेर मात्र देश र जनताको विकास नहुँदो रहेछ भन्ने दृष्टान्त विगत तीन दशकयताको गतिविधिले देखाइसकेको छ । सत्तामा पुग्ने पार्टी र …