काठमाण्डाै - आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टाेबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका मनोविश्लेषक बासु आचार्यले बताउनुभयो ।
एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखि...