संसदको दोस्रो बैठकमा पनि एमाले सांसदको नाराबाजी

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो।सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्। नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी ग