प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ

६ साउन, काठमाडौं । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् । पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । […]