जघन्य अपराधको सिकार बन्दै महिला

काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ ।  सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् ।  उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई […]

सम्बन्धित सामग्री

मानव तस्करी नियन्त्रण

गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन्। यस्तै बेइमानीका आवरणमा मानव तस्करीको नयाँ रूप देखापरेको छ। मानव तस्करी धन्दा अहिले फस्टाएको छ। केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ। मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो। सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ।