बढी भाडा लिने ट्याक्सी ड्राइभर कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ टयाक्सी ड्राइभर कारबाही परेका छन् । उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारबाहीमा पर्ने टयाक्सी ड्राइभरहरूले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटरसमेत समयमा मर्मत नगरेको पाइएकाले कारबाही गरिएको हो ।

सम्बन्धित सामग्री

४० ट्याक्सी ड्राइभर कारबाहीमा

काठमाडौँ – ट्रफिक प्रहरीले उपत्यकामा ४० ट्याक्सी चालकलाई कारबाही गरेको छ। यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ४० जना ट्याक्सी चालकलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा दैनिक सयौँ यात्रु ट्याक्सीबाट ढगिने गरेका छन्।