काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। मौसम सफा भएकाले तापक्रम घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। शनिबार बिहान पौने ६ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको शुक्रबारको तापक्रम १२ दशमलव १ डिग्री र बिहीबार १३ डिग्री सेल्सियस मापन भएको थियो। केही दिन अझै मौसम सफा हुने भएकाले तापक्रम झन् घट्न सक्ने महाशाखाले अनुमान गरेको छ। तापक