एमाले नेताले प्रचण्डलाई खलनायक भनेपछि कार्यक्रममै माओवादी नेता यसरी जंगिए (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का नेता नारदमुनि रानाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खलनायक भनेपछि माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले प्रतिवाद गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रानाले दाहाललाई अस्थिर नेताको संज्ञा दिएका थिए । तर, माओवादी नेता मण्डलले […]

सम्बन्धित सामग्री

केही व्यक्तिलाई जोगाउन व्यवस्थाकै बलि दिन सकिँदैन : माओवादी नेता

काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने औंल्याएका छन् । ‘भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जानुहुन्न, जाँदैन । अस्ति दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री र गृहमन्त्रीसँग हाम्रो छलफल भएको थियो । उहाँहरुले […]

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले सातआठवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले केही कुरामा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘अहिलेको जनमत नै त्यस्तै छ । सातआठ पार्टीमा नभई नबन्ने भयो । तर प्रचण्ड प्रधानमन्त्री बन्लान्, कांग्रेस सरकारबाट आउट होला, एमाले र माओवादी मिल्लान् भन्ने कसले […]

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

माओवादी नेता रञ्जित तामाङद्वारा एमाले अध्यक्ष ओलीसँग चुनाव लड्ने घोषणा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।  पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङ

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले […]

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

बुटवल– चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् । माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको […]